प्रधानमन्त्री निवास बालुवाटारमा चीनले दिएको खोप हस्तान्तरण

0
1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध थप एक कदम अगाडि बढेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित  चीनले दिएको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘नेपाल र चीनबीचको गहिरो बैदेशिक सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडि बढाएको छ, यो सहयोगले अझ थप बल पुर्‍याएको छ ।’

प्रधानमन्त्रीले ओलीले चीन सरकारले दिएको कोरोनाविरुद्धको खोपले महामारीविरुद्धको लडाईं सफलतापूर्वक जित्न सहयोग पुग्ने बताउनुभयो । सहयोगका लागि प्रधानमन्त्री ओलीले चीन सरकारलाई धन्यवाद् दिनुभयो । कोरोनाविरुद्धको लडाईंमा चीन सरकार सफल भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

नेपाललाई अनुदानस्वरुप ८ लाख डोज भेरो सेल खोप नेपाललाई उपलब्ध गराएको हो । सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभयो ।  सो खोप सोमबार बिहान नेपाल आइपुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here