होली खेल्नेक्रममा भएको झडपमा नेपाली कांग्रेसका नेतासहित दुई जनाको मृत्यु

१५ चैत, बागलुङ । बाग्लुङमा होली खेल्नेक्रममा भएको झडपमा नेपाली कांग्रेसका नेतासहित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर १० बल्देधुरीमा होली खेल्ने क्रममा कांग्रेस नेता निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही गाउँपालिकाका ३४ वर्षीय दीपक दमाई रहेका छन ।

आइतबार दिउँसो होली खेल्नेक्रममा झडप भएको थियो । मृतक मध्येका कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला कार्यसमितिका सदस्य हुन । सय भन्दा बढी युवाहरू एकै ठाउँमा जम्मा भएर होली खेल्नेक्रममा झडप भएको थियो । झडपका क्रममा १० भन्दा बढी युवा भीरबाट खसेको स्थानीयले बताएका छन  । बागलुङका डिएसपी इकवाल हवारीले  हराएका मध्ये केही युवा घर फर्किएको र अझै केहीको अवस्था अज्ञात रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *