बसन्तपुर क्षेत्रमा होली खेल्नेको घुइचो (फोटो फिचर )

कोरोना संक्रमण जोखिमका कारण यो वर्षको होली खल्लो देखियो । विगत वर्षमा जस्तो उल्लास खासै देखिएन । कोरोना जोखिमका कारण राजधानीमा भीडभाड नगरी घरमै होली खेल्न सरकारले सुचित गरेको थियो । सोही कारण प्रहरीले कडा सुरक्षा व्यवस्था गरेको थियो । त्यसैले पनि काठमाण्डौं उपत्यकाका सडक, चोक तथा गल्लीहरुमा होली खेल्नेहरुको समूह खासै देखिएन । . तर काठमाडौंको वसन्तपुरमा भने युवायुवतीहरु रमेरै होली खेलिरहेका देखिन्थे । सुरक्षित भएर होली खेल्नेहरुलाई प्रहरीले पनि रोकेन ।

होलीको उल्लासमा रमाइरहेकाले बसन्तपुरमा सुरक्षितसाथ सौहार्दपूर्ण वातावरणमा होली मनाए । तर विगत जस्तो थाम्नै नसक्ने भीड भने वसन्तपुरमा थिएन । बसन्तपुरमा नेपाली मात्रै होइन , विदेशी पर्यटकहरु पनि होलीको रंगमा रमाइरहेका थिए । उनीहरुले पनि उत्साहका साथ होलीखेल्दै आत्मियता साटासाट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *