संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सञ्जिब बगाले निर्वाचित

काठमाडौं, १४ चैत्र । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सेतोपाटी डटकमका सञ्जिब बगाले निर्वाचित भएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा आज भएको ७ औं अधिवेशनले बगालेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । बगालेले अध्यक्षकी अर्की प्रत्यायशी न्यूज एजेन्सी नेपालकी कृष्णा पौडेललाई पराजित गर्दै जित हासिल गरेको हुन् ।
कूल १३६ मतदाता रहेको मामिलामा जम्मा १३४ ले मतदानमा भाग लिएका थिए भने नव निर्वाचित अध्यक्ष बगालेले ७९ र पौडेलले ५५ प्राप्त गरेका थिए ।

त्यसैगरी, खुल्ला उपाध्यक्षमा डिपी उपाध्याय, महिला उपाध्यक्षमा तुलसी सापकोटा, महासचिवमा बिष्णु खड्का, खुल्ला सचिवमा जयसिंह महरा, समावेशी सचिवमा दिपेश श्रेष्ठ, कोषाध्यक्षमा सिर्जना घिमिरे निर्वाचित भएका छन् ।
सदस्यहरूमा भने शम्भु दङ्गाल, किरण दाहाल, रोशन सापकोटा, सबिता शर्मा, आकाश क्षेत्री, केशव भुल, अंगराज न्यौपाने तथा अमरदीप श्रेष्ठ निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा रेडियो नेपालकी तुलसी सापकोटा, समावेशी सचिवमा दिपेश श्रेष्ठ, कोषाध्यक्षमा सृजना घिमिरे तथा अन्य ६ जना सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका हुन् ।
नव निर्वाचित कार्य समिति सदस्यमा फोटो तर्फबाट रोशन सापकोटा र भिडियो तर्फबाट अमरदीप श्रेष्ठ निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *