सुनको भाउ ६ सय रुपैयाँले घट्यो

Gold bars pile isolated on white background. Financial success, business investment and wealth concept. 3D illustration

काठमाडौं । सुनको भाउ आज घटेको छ । 

छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला ८६ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बिहीबार प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन पनि आज तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला ८५ हजार ८ सय ५० रुपैयाँ पुगेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । महासंघका अनुसार चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *