नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घाेषित

0
57

काठमाडौं । नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घाेषित भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा बिहीबार आयाेजित कार्यक्रममा नेपाललाई  पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएकाे घाेषणा गर्नुभएकाे हाे । धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा नेपाल आत्मनिर्भर भएको हाे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा यी पशुपन्छीजन्य उत्पादन आयात शून्य भइसकेकाले यी उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरिएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here