२४ घण्टामा १ सय ५० जनामा संक्रमण 

नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या फेरि बढ्न थालेकाे छ ।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ४ सय ७२ जनाकाे पीसीआर परीक्षण गर्दा १ सय ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको मन्त्रालयले साेमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । तीमध्ये २ लाख ७२ हजार २० जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट निको हुनेको दर ९८ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९९ जना निको भएका छन् ।

गत २४ घण्टामा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् । यसअघि ज्यान गुमाएका तीन जनाको समेत तथ्यांक प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार १९ जना पुगेको छ । 

छिमेकी मुलुकमा काेराेना संक्रमण दर फेरि बढ्न थालेकाे भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न सबैमा पुन अपिल गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *