काठमाडौंमा एटिएम मेसिन फुटाउँदै गर्दा एक भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंमा एटिएम मेसिन फुटाउँदै गर्दा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत गोरखपुर घर भइ काठमाडौंको ठमेल बस्ने २२ वर्षीय दिलसाह आलम रहेका महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।

आज बिहान काठमाडौं महानगरपालिकाको वडा नम्वर २६ कान्तिपथमा रहेको ग्लोबल आइएमइ बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्रेको हो ।

Nepalkakura
Nepalkakura
काठमाडौं । उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म लम्बिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउनु निर्णय गरेको हो । अत्यावश्यक सेवाका पसलहरु अब विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने छ ।

https://nepalkakura.com/archives/8140
Nepalkakura
Nepalkakura
दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो । रकममध्ये १० लाख १ हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए । उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो इमान्दारी देखाएका हुन् ।...

https://nepalkakura.com/archives/8138
Nepalkakura
Nepalkakura
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आफूमा सोमबार बिहान संक्रमण पुष्टि भएको शर्माले सामाजिक सञ्‍जालमार्फत जानकारी दिनुभएको छ । ज्वरो आएपछि आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिइएकोमा सोमबार रिपोर्ट पोजेटिभ आएको शर्माले उल्लेख गर्नुभएको छ । डाक्टरसँग परामर्श गरेर होम आइसोलेशनमा बसिरहेको शर्माले उल्लेख गर्नुभएको छ । कोभिडबाट बच्न सबै सजग हुनुपर्ने पनि शर्माले उल्लेख गर्नुभएको छ ।...

https://nepalkakura.com/archives/8135
Nepalkakura
Nepalkakura
काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको छ। कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो। उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने छ। यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ। बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ।...

https://nepalkakura.com/archives/8132
Nepalkakura
Nepalkakura
काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङ नेपाल प्रेसलाई जानकारी दिए । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने भएको छ ।

https://nepalkakura.com/archives/8130
Nepalkakura
Nepalkakura
काठमाडौं । कोरोनाबाट संक्रमित भइ उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । नर्भिक अस्पतालले आइतबार विज्ञप्ती जारी गर्दै प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी शाहको स्वास्थ्यमा सुधार देखिएको जनाएको हो । कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको उल्लेख छ । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ ।

https://nepalkakura.com/archives/8128

Leave a Reply

Your email address will not be published. Required fields are marked *