बम विस्फोट घटनाको जिम्मा गोइत समूहले लियो

0
1

सिराहा मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले लिएको छ । मोर्चाका अध्यक्ष अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै विस्फोटको जिम्मा लिएका हुन् ।

आज दिउँसो पौने बजे कार्यालयको मोठ फाँटमा गराइएको विस्फोटमा नायब सुब्बासहित ८ जना घाइते भएका थिए ।

घाईतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो

बम बिस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई उपचारको लागि काठमाडौं ल्याईएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो । घाईते घण्डारीको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ।
अरुको स्वास्थ्य अवस्था सामान्य रहेपनि भण्डारीको अवस्था गम्भीर भएकोले उनलाई थप उपचारको लागि काठमाडौं ल्याईएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here