‘छक्का पञ्जा ३’को दशौं नेफ्टा फिल्म अवार्डमा वर्चस्व

काठमाडौं । फिल्म, निर्देशक र पटकथासहितका ६ महत्वपूर्ण विधामा जित हासिल गर्दै ‘छक्का पञ्जा ३’ले दशौं नेफ्टा फिल्म अवार्डमा वर्चस्व जमाएको छ ।

व्यवसायिकरुपमा सफल सोसल ड्रामाबाट दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचालिन् । यही फिल्मबाट दीपकराज गिरीले सर्वोत्कृष्ट कथा एवं पटकथा विधामा पनि अवार्ड पाए । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले यही फिल्मबाट हाँस्यकलाकारको अवार्ड जिते । छक्का पन्जाको तेस्रो सिरिजलाई आयोजकले पपुलर फिल्मको अवार्ड पनि दियो ।

बिपिन कार्की फिल्म ‘प्रसाद’बाट सर्वोत्कृष्ट अभिनेता घोषित भए भने मेनुका प्रधानले साइँलीबाट अभिनेत्री विधामा अवार्ड पाइन्। साम्राज्ञी शाह र अनमोल केसी क्रमशः पपुलर अभिनेत्री र अभिनेता घोषित भए ।

फिल्म प्रसादले संगीतका चार विधासहित सर्वोत्कृष्ट संवाद र अभिनेतामा बाजी मा–यो , ३३ विधाका विजयीलाई उपराष्ट्रपति नन्दबहादुर पुनसहितका अतिथिले अवार्ड प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *