दक्षिणकालीबाट तास खेल्दै गरेका ११ जना पक्राउ

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका ३ भञ्ज्याङबाट तास खेल्दै गरेका ११ जना पक्राउ परेका छन् ।

उनीहरुलाई २ लाख ६० हजार रुपैयाँसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ ।

प्रहरीकाअनुसार स्थानीय जगन्नाथ कार्कीको घरमा तास खेल्दै गरेका उनीहरुलाई शनिबार राति पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *