सुनचाँदीको मूल्यमा गिरावट

0
1


काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । बिहीबार सुनको मूल्य सामान्य बढेता पनि शुक्रबार भने ६ सय रुपैयाँले घटे्को छ ।
बिहिबार ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटे्र ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन तोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँले गिरावट भएको छ, । बिहिबार प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here