नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त

0
36

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । निलम राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्त हुने पहिलो महिला समेत हुनुभएको छ ।

डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि फागुन १८ देखि सो पद खाली थियो । सोही पदमा सरकारले मिश्र र ढुंगानालाई नियुक्त गरेको हो ।

राष्ट्र बैंक ऐन अनुसार गभर्नरको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here