शेरबहादुर देउवा र पुष्पकमल दाहाल बीच भेटवार्ता

0
1

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच मंगलबार साँझ देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । उहाँहरूबीच सत्ता समीकरण, प्रतिनिधि सभा बैठक लगायत समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

आज बसेको माओवादीको स्थायी कमिटी बैठकले सत्ता साझेदारी लगायत विषयमा प्रमुख प्रतिपक्षी कांग्रेस, जसपा लगायत दलसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही अनुसार देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलको अध्यक्षताको पार्टीलाई दिएसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।सर्वाेच्चको सोही फैसलाका आधारमा निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहने निर्णय मंगलबार गरिसकेको छ । योसँगै नेपालको राष्ट्रिय राजनीतिमा नयाँ तरंग आएको छ ।

संसद्को सबैभन्दा ठूलो दल नेकपाले सत्ता साझेदारीका लागि छलफल थालेको छ । तेस्रो दल माओवादीले पनि छलफल अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here