मिसेस ब्युटी क्वीनबाट जितेको रकम चित्रपुर स्याहार केन्द्रलाई

भक्तपुर । सिजन मिडियाले आयोजना गरेको मिसेस ब्युटी क्वीन २०२१ की ‘थर्ड रनर अप’ शर्मिला घिसिङले आफुले जितेको रकम चित्रपुर दिवा स्याहार केन्द्रलाई हस्तान्तरण गर्नुभएको छ ।

गत सोमबार सम्पन्न् भएको मिसेस ब्युटी क्वीनको फाईनलमा घिसिङले ‘थर्ड रनर अप’को उपाधी साथै ‘मल्टी मिडिया अवार्ड’ पनि प्राप्त गर्नु भएको थियो ।

अवार्डमार्फत प्राप्त गर्नु भएको नगद दश हजार रुपैयाँ चित्रपुर स्याहार केन्द्रलाई हस्तान्तरण गर्नु भएको चित्रपुर अभिभावक स्वाबलम्वन समूहकी अध्यक्ष ज्योति खतिवडाले जानकारी दिनुभयो ।

चित्रपुर स्याहार केन्द मस्तिष्क पक्षाघात तथा अन्य अपाङगता भएका बालकालिकाहरुको जीवनयापनमा थप सहजता तथा गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको संस्था हो ।

उक्त संस्था मस्तिष्क पक्षाघात भएका बालबालिकाकै अभिभावकहरुको सक्रियतमा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *