सम्झना बोहोराको हत्या गरेको अभियोगमा पक्राउ परेका सार्वजनिक

गुल्मीः गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाँउकी २१ वर्षीया सम्झना बोहोराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वजनिक गरेको छ।
लालबहादुरले सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए।
गत माघ २९ गते रातिदेखि सम्झना बेपत्ता भएकी थिइन्। बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते उनको शव घर नजिकैको बारीको कुनामा टाउको बोरामा राखेको अवस्थामा फेला परेको थियो।
