सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं : सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँगै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

त्यस्तै हालसम्म पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्ता रिहा हुने भएका छन् ।

सहमतिको विस्तृत विवरण शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *