बलिउडकर्मी अनुराग कश्यप र तापसी पन्‍नूको घरमा छापा

0
53

बलिउडकर्मी अनुराग कश्यप र तापसी पन्‍नूमाथि ठूलो मात्रामा आयकर छलीको आरोप लागेको छ।

चलचित्र कम्पनी फेन्टम फिल्मसमार्फत कर छली गरेको आरोपमा उनीहरूको घरमा आज आयकर विभागले छापा मारेको छ।

उक्त कम्पनीसँग जोडिएका सबैको घरमा विभागले छापा मारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विभागका कर्मचारीले मुम्बई र पुनेको २० वटा ठाउँमा पन्‍नू, मधु मन्टेना र निर्देशक कश्यपलगायत अन्य सम्बन्धित व्यक्तिहरूको घरमा छापा मारेका हुन्। (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here