चलचित्र पोई पर्यो काले– २ को निर्माणमा विवाद

0
61


काठमाडौं – पछिल्लो समय फिल्मको सिक्वेल बनाउने लहड चलेको छ । यस्तैमा केही दिन पहिले मात्रै फिल्म ‘पोई प¥यो काले’को सिक्वेल (पोई प¥यो काले २’) निर्माण घोषणा भएको थियो । फिल्मका निर्देशक शिशिर राणाले फिल्म निर्माणको घोषणा गरेका थिए ।
निर्देशक राणाले अभिनेता दिक्पाल कार्कीसँग अभिनय सम्झौता गर्दै ‘पोइ प¥यो काले २’ घोषणा गरेको विषयमा पहिलो सिक्वेलका अर्थात फिल्म ‘पोइ प¥यो काले’का निर्माता किरण नेपालीले आपत्ति जनाएका छन् । नेपालीले आफ्नो अनुमती बिना राणाले आफूखुसी फिल्म निर्माणको घोषणा गरेर कलाकार समेत अनुबन्धित गरेको आरोप समेत लगाएका छन् ।
‘‘पोई प¥यो काले’का निर्माता म हुँ र फिल्म मेरो निर्माण ब्यानरमा बनेको हो’ निर्माता नेपालीले भने ‘निर्देशक राणालाई त्यसरी फिल्मको सिक्वेल निर्माण घोषणा गर्ने अधिकार नै छैन ।’
निर्माता नेपालीले सिक्वेल निर्माण घोषणा बिषयमा निर्देशक राणासँग सल्लाह नभएको र निर्देशक शिशिर र नायक दिक्पालको मर्जिले फिल्म घोषणा गरेको बताउका छन् । उनले फिलमको आधिकारीक सिक्वेल बन्ने घोषणागर्ने अधिकार आफूसँग बाहेक अरुसँग नरहेको दाबी गरेका छन् ।
‘म अहिले फिल्म ‘२ नम्बरी’ र अर्काे एक प्रोजेट निर्माण गर्दैछु’ किरणले थपे ‘पोइ प¥यो काले’को सिक्वेल २ बर्षपछि म बनाउँछु । त्यसको नाम ‘पोइ प¥यो बुढो’ हुनेछ । फिल्म ‘पोइ प¥यो काले २’निर्माण घोषणाको विषयमा निर्देशक शिशिर राणासँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन भने सकेन ।
गतवर्ष कार्तिकमा रिलिज भएको फिल्म ‘पोइ प¥यो काले’ शिशिर राणाको निर्देशकन र किरण नेपालीको निर्माणमा बनेको थियो । फिल्ममा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, राजाराम पौडेल, सृष्टि श्रेष्ठ, गोपाल ढकाल(छन्दे), शिशिर राणा लगायतको अभिनय रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here