पशुपतिनाथ मन्दिरमा सुनको जलहरी

काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अनावरणको पूजा गरेसँगै मूल मन्दिरको मुख्य शिवलिंगमा सुनको जलहरी स्थापित गर्ने काम सकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मंगलबार राति ९ बजेको शुभ साइतमा पशुपतिनाथको मूल मूर्तिको फेदमा सुनको नयाँ जलहरी राखिएको हो । शिवलिंगमा जलहरी राख्ने काम भइरहेका बेला राष्ट्रपति भण्डारी बुधबमर दिउँसो क्षमापूजाका लागि पुग्नुभएको थियो । पूजा आराधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको कोषले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलहरीमाथि १ सय ८ किलो सुनको नयाँ जलहरी राखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *