प्रतिनिधि सभा विघटन सर्वाेच्चले बदर गर्यो

0
44

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा फैसला सुनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधि सभा विघटन सर्वाेच्चले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने फैसला सुनाउनु भएको हो ।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो । विघटनविरूद्ध परेका १३ वटा रिटमाथि भएको बहसको फैसला आज फैसला सुनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here