सुरक्षा परिषद बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन्।


मंगलबार बिहान ९ बजे बैठक बस्न लागेको रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले बताए।

सिंहदरबारस्थित परिषद कार्यालयमा बैठक बस्न लागेको हो।


बैठकलाई नियमित भनिएको छ। सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजै मन्त्रिपरिषद बैठक बस्ने पनि जानकारी दिए।

‘मन्त्रिपरिषद बैठक बस्दैछ। त्यसअघि परिषद बैठक बस्न सक्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *