सुनको मूल्य ९ महिना यताकै सस्तो

0
38

७ फागुन, काठमाडौँ । सुनको मूल्य ९ महिना यताकै सस्तो भएको छ । शुक्रबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बिहिबार सुन ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य ८७ हजार ७ सय ५० रुपैयाँ कारोबार भएको छ । बिहिबार तेजावी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी ३० रुपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here