(आइपीएल) को खेलाडी अक्सन आज

0
1

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी अक्सन आज हुँदैछ ।

भारतको चेन्नईमा आज साँझ हुने खेलाडी अक्सनमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र सुचीकृत भएका छन् । त्यसैले खेलाडी अक्सनलाई नेपाली खेलप्रेमीको निक्कै चासो बढेको छ ।

२०२१ मा हुने आइपीएलको अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरेको थियो । तर अक्सनका लागि सन्दीप मात्र छनोट भए ।

अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आइपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् ।

अक्सनको अन्तिम सूचीमा भारतका १ सय ६४, १ सय २५ विदेशी र एसोसिएट राष्ट्रका ३ गरी जम्मा २ सय ९२ खेलाडी छन् । सो सूचीबाट ६१ खेलाडी ८ टोलीका लागि छनोट हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here