प्रधानमन्त्री केपी शर्मा ओली सर्वाेच्च अदालतमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सर्वाेच्च अदालत पुग्नुभएको छ ।

अदालत सम्बन्धी अवहेलना मुद्दामा लिखित जवाफ लिएर प्रधानमन्त्री ओली बिहीबार बिहान सर्वाेच्च पुग्नुभएको छ । सर्वोच्च परिसरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरूद्ध अदालतको अवहेलनामसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता गर्नुभएको थियो ।

९३ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भट्टराईलाई ’एक जना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भनेर प्रधानमन्त्रीले भन्नुभएको भन्दै मुद्दा दर्ता गरिएको हो । खासमा प्रधानमन्त्रीले प्रचण्ड समूहले वकिलै बोकेर गएको अर्थमा ०७७ माघ ९ गते कार्की ब्यांकेटमा आयोजित भाषणमा सो कुरा भन्नुभएको थियो ।

ती दुबै मुद्दाको सुनुवाइ गर्दै सर्वाेच्चले माघ १५ गते प्रधानमन्त्री ओलीलाई आफैं उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको थियो । सोहीअनुसार प्रधानमन्त्री ओली आज आफैं सर्वाेच्च पुग्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *