खुलामञ्च खाली गर्ने काम सुरू

0
53

काठमाडौं महानगरपालिकाले डोजर लगाएर खुलामञ्च खाली गर्ने काम सुरू गरेको छ।

बुधबार डोजर लगाएर खुलामञ्चमा रहेका संरचना हटाइएको छ। खुलामञ्चमा टहराहरू र निर्माण सामग्री राखिएको थियो।

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेकाले ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो।

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने।

वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न चरणमा पुगेपछि आजबाट उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालिएको मेयर शाक्यले बताए।

उनले काठमाडौँ महानगरपालिकाका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको बताउँदै विस्तारै बसपार्क पनि खुला गर्ने बताए।

‘खुलामञ्च मात्रै होइन, महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ। त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला,’ उनले भने।

खुलामञ्च खाली नहुँदा दहलरूले सडकमै विरोध सभा गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here