धम्की दिने विनयजंग बस्नेत गोंगबुबाट पक्राउ

0
27
file

काठमाडौं । नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिने विनयजंग बस्नेतलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ । 

आफूलाई धम्की दिएको दिएको भन्दै बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंगविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा अस्ति (आइतबार) जाहेरी दिएकी थिइन् । बस्नेतले सपना रोका मगरका नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की युट्युबमार्फत दिएपछि उजुरी आएको र आज (मंगलबार) पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

एसएसपी सिंहका अनुसार बस्नेतविरुद्ध अभद्र व्यवहारमा पुर्जी दिइएको छ । सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here