मामाबाट १६ वर्षीया किशोरी बलात्कृत

0
1

काठमाडौंः राति मामासँग घर जान हिडेँकी एक किशोरीमाथि मामाले नै बलात्कार गरेको खुलेको छ।

मेला घुमेर घर फर्किँदा रात परेपछि भान्जी छाड्न लगेका मामाबाट १६ वर्षीया ती किशोरी शुक्रबार बलात्कृत भएकी हुन।

उनी विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न भनी पुगेकी थिइन्। मेला हेर्दा अबेर भएपछि ठूला मामाले कान्छो भाइलाई भान्जीलाई घर छाड्दिन भनेका थिए।

तर मामाले गलत बाटो लगेका थिए। खोलाको किनारमा पुगेपछि शौचालय गर्ने बहानामा बाइक रोकी उनले भान्जीमाथि बलात्कार गरेका खुलेको छ।

घटना फागुन २ गते प्रहरीसमक्ष पुगेको थियो। आरोपित मामालाई इलाका प्रहरी कार्यालय गणेशपुरले पक्राउ गरेको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here