प्रवासको नयाँ फिल्म ’राधे श्याम’को टिजर सार्वजनिक

0
63

भ्यालेन्टाइन्स डेको अवसर पारेर भारतीय अभिनेता प्रवासले आफ्नो नयाँ फिल्म ’राधे श्याम’को टिजर सार्वजनिक गरेका छन्। आइतबार प्रवासले सामाजिक सञ्जालमार्फत् नयाँ फिल्मको टिजर सार्वजनिक गरेका हुन्।

’राधे श्याम’ को टिजर सार्वजनिक भएसँगै निर्माता टोलीले फिल्म रिलिजको मिति पनि घोषणा गरेका छन्।

इन्डिया टुडेका अनुसार फिल्म आगामी जुलाई ३० मा रिलिज हुनेछ। यो फिल्म हिन्दी, तमिल लगायत अन्य भाषामा पनि रिलिज हुने बताइएको छ।

प्रवाससँगै अभिनेत्री पूजा हेजको पनि मुख्य भूमिका रहेको ’राधे श्याम’ राधा कृष्ण कुमारले निर्देशन गरेका हुन्।

यसलाई निर्माताले ’पिरियड लभ स्टोरी’ फिल्म भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here