ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको साधारण शेयर (आइपीओ) शुक्रबार बाँडफाँड हुने

0
42

काठमाडाैँ । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको साधारण शेयर (आइपीओ) यसै साता बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सर्वसाधारणमा बिक्री गरिएकाे आइपीओ यसै शुक्रबार बाँडफाँड हुने भएकाे छ। ग्रीनलाइफ हाइड्रोपावरकाे आइपीओमा सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ७.३७ गुणा बढी आवेदन परेको छ।

हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताको लागि आवेदन परेको हाे। माग भन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ ।

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here