चौतर्फी दबाब थेग्न नसकेपछि झाँक्री रिहा

0
1

नेकपा प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् ।

 बिहीबार दिउँसो  पक्राउ परेकी उनले साँझ श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष गरिन् । ‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् । 

राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर उनलाई पक्राउ गरिएसँगै चौतर्फी रुपमा रिहाइको माग गएको थियो । 
दिनभर महानगरीय अपराध महाशाखामा रहेकी झाँक्रीले प्रहरीसँग भने आफ्नो राष्ट्रपति र सो संस्थाप्रति सम्मान रहेको बताएकी थिइन् । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीले राष्ट्रपति र सो संस्थाप्रति सँधै सम्मान रहेको र आगामी दिनमा पनि रहने बताएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here