’नेपाललाई करप्सन फ्री’ बनाउने संकल्प लिएको छु:प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण सबैको साझा उद्देश्य हुनुपर्ने बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई भ्रष्टाचारमुक्त देश भनेर चिनाउनुपर्ने बताउनुभयो । ’नेपाललाई करप्सन फ्री’ बनाउने संकल्प लिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि ३ वटा सुत्र पनि सुनाउनुभयो । उहाँले भन्नुभयो ( ’सबैभन्दा पहिला आफूलाई भ्रष्टाचारबाट मुक्त गरौं, अरुलाई भ्रष्टाचार गर्नुहुँदैन भनेर सजग गराऔं र कसैलाई भ्रष्टाचार गर्ने ठाउँ नदिऔं ।’

अख्तियारको काम कारबाही प्रभावकारी बनाउन सरकारको सहयोग रहने भन्दै प्रधानमन्त्री ओलीले कुनै पनि निकाय र संवैधानिक अंगलाई सरकारले हस्तक्षेप नगर्ने बताउनुभयो । अहिले कतिपयले अख्तियार सरकारको छायाँ भयो भनेर हल्ला फैलाएका भन्दै उहाँले त्यो गलत भएको बताउनुभयो । ’सरकारले हरेक निकायलाई स्वतन्त्र रुपमा गर्न दिन्छ, संविधान र कानुन देश र जनतालाई शीरमा राखेर अगाडि बढ्नुस् सरकारले कुनै हस्तक्षेप हुँदैन’( उहाँले भन्नुभयो ।

सबै निकाय र व्यक्तिले स्वच्छ, स्वतन्त्र, निर्वाध रुपमा काम गर्न पाउनुपर्ने भन्दै उहाँले कसैको क्रास धम्कीबाट नडहराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ( ’अहिले केही मानिसहरुले धम्कीको भाषा प्रयोग गरेका छन्, त्रासबाट मुक्त भएर काम गर्नुस्, सुरक्षाको प्रबन्ध सुरक्षा निकायले गर्छ ।’

समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पूरा गर्न सुशासनयुक्त समाज बन्नुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *