अभिनेत्री एलिजा गौतमले साइन गरेको केहि हप्तामै चलचित्रबाट अलग भएको घोषणा

file

काठमाडौं । निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्ने चलचित्र ‘घिन्ताङ’का लागि केहि समय अघि अभिनेत्री एलिजा गौतमले चलचित्र साइन गरेकी थिइन् । मुख्य अभिनेत्रीमा काम गर्ने गरी उनले यो प्रोजेक्टमा हात हालेकी थिइन् ।

चलचित्र साइन गरेको केहि हप्तामै यी अभिनेत्रीले चलचित्रबाट अलग भएको घोषणा गरेकी छन् । यो चलचित्रको छायांकन फागुनको पहिलो साताबाट सुरु गर्ने निर्माण पक्षको योजना थियो ।

अभिनेत्रीले अन्तिम समयमा हात झिकेपछि चलचित्रको छायांकन केहि पछि धकेलिन सक्ने अनुमान गरिएको छ । अभिनेत्री एलिजाले आफ्नी आमा बिरामी भएकाले क्यानडा जान लागेको बताउँदै समय दिन नसक्ने भएकाले चलचित्रबाट हात झिकेको बताएकी छन् ।

चलचित्र अनुरागबाट चलचित्र उद्योगमा छिरेकी उनी न म्युजिक भिडियो न चलचित्र कतैबाट पनि सफलता हात पार्न सकेकी छैनन् । तथापि उनका म्युजिक भिडियो भने लगातार आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *