युवा संघ नेपालको अध्यक्षमा बचनबहादुर सिंह चयन

काठमाडौं । नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा बचनबहादुर सिंह चयन हुनुभएको छ ।


सोमबार राति सम्पन्न युवा संघको केन्द्रीय समिति बैठकले सिंहलाई अध्यक्ष चयन गरेको हो । बैठकमा युवा संघ इन्चार्ज महेश बस्नेतले अध्यक्षका लागि बचनबहादुरको नाम प्रस्ताव गर्नुभएको थियो । त्यसपछि बैठकले सिंहलाई अध्यक्ष चयन गरेको हो

बैठकले संघको सहअध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । सिंह जेठ ०७८ जेठ १५ गतेसम्म अध्यक्ष रहनुहुनेछ । त्यसपछि किरण पौडेल स्वतः अध्यक्ष हुने सहमति भएको । संघले केन्द्रीय समिति व्यापक पुर्नगठन गरेको छ । संघले महासचिवमा रमेश आचार्यलाई चयन गरेको छ ।

नेकपा एकतापछि युवा संघ र वाइसिएल एकीकरण हुनुअघिका अध्यक्ष र एकीकरणपछिका सह(संयोजक रमेश पौडेलले विदा लिनुभएको छ । विदाइ भाषण गर्दै पौडेलले अब युवा संघको अभिभावक भएर आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिनिधि सभा विघटनपछि नेकपाको मूलधारबाट प्रचण्ड समूह अलग भएको छ । युवा संघका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) पनि प्रचण्ड समूहमा लागेपछि संस्थापन नेकपाको भ्रातृ संगठन युवा संघले सापकोटालाई हटाएर नयाँ नेतृत्व छानेको हो ।

युवा संघको दोस्रो पूर्ण बैठक आइतबारदेखि सुरू भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *