धरहराको २१ औं तलाको ढलान

0
1

काठमाडौं । धरहराको २१ औं तलाको ढलान सकिएको छ । ०७२ सालमा आएको भूकम्पका कारण पूर्ण रुपमा क्षति भएको धरहराको २१ औं तला ढलानको काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
बम

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार अब धरहराको एक तलाको ढलान मात्र बाँकी छ । केही दिनमा २२औं तलाको ढलान पनि सकिने उहाँले ट‍्वीटरमार्फत जानकारी दिनुभएको छ ।

धरहराको शीर्ष ठाउँमा गजुर राखिने सिइयो ज्ञवालीले उल्लेख गर्नु भएको छ । प्राधिकरणको नेतृत्वमा जीआइइटीसी(रमन जेभीले धरहरा पुनर्निर्माणको काम गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here