वडा सदस्यको कोठामा युवतीको शव फेला

0
1

धनगढी — कैलालीको गौरीगंगा नगरपालिका ३ का सदस्य निरज चौधरीको घरमा स्थानीय एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी तथा प्रवक्ता प्रतिक विष्टका अनुसार आइतबार विहान वडा सदस्य चौधरीको घरको कोठामा युवतीको शव फेला परेको हो ।

‘प्रहरीलाई नौ बजे खबर भएको थियो’, उनले भने,‘ घटना शनिबार राति वा बिहान ६र७ बजेको पनि हुन सक्छ । घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।’

घटनास्थलमा मृतक झुण्डिएको कोठा बाहिरबाट बन्द र खुला भूइँमा टेकेको अवस्था थियो । डिएसपीले हत्या वा आत्महत्या अहिल्यै भन्न नसकिने बताए । तर अनौपचारिक तथा प्रारम्भिक जानकारीका अनुसार अविवाहित युवतीको वडा सदस्यसँग प्रेम सम्बन्ध थियो । युवतीको नाम खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here