अयोध्यापुरीमा राखिने राम र सीताको मूर्ति तयार

काठमाडौं । रामजन्मभूमि कहलिएको चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा राखिने राम र सीताको मूर्ति तयार भएको छ ।

माडीको अयोध्यापुरीमा निर्माण हुन लागेको अयोध्याधाममा राख्न कालीगढले तयार पारेको राम र सीताको मूर्ति प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको छ । सो मूर्तिको शनिबार राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल पार्वती, भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली लगायत माडीको टोली बालुवाटार पुगेर मूर्तिको अवलोकन गरेको छ ।

लक्ष्मण र हनुमानको मूर्ति तयार हुन बाँकी छ । ती मुर्ति पनि तयार भएपछि ०७८ सालको रामनवमीको अवसरमा अयोध्यापुरीको अयोध्याधाममा प्राण प्रतिष्ठा गरेर राखिनेछ ।

माघ १७ गते नेकपा चितवनले गरेको जनसभामा प्रधामनमन्त्री केपी शर्मा ओलीले राम र सीताको मूर्ति तयार भएको जानकारी गराउनु भएको थियो । आफू स्वयम् आएर ती मूर्तिको प्राण प्रतिष्ठा गर्ने उद्घोष उहाँले गर्नुभएको थियो ।

गत वर्षको असारमा प्रधानमन्त्री ओलीले राम जन्मभूमि नेपालकै चितवन र ठोरी आसपासमा हुन सक्ने घोषणा गर्नुभएको थियो । त्यसपछि त्यसको अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *