युवासंघ नेपालको आयोजनामा बृहत‍् मोटरसाइकल ¥याली

0
24

काठमाडौं । नेकपाको भ्रातृ संस्था राष्ट्रिय युवासंघ नेपालको आयोजनामा बृहत‍् मोटरसाइकल ¥याली सुरु भएको छ ।


युवा संघले केहीबेरअघि ललितपुरको बालकुमारीबाट बृहत मोटरसाइकल ¥याली निकालेको हो । माघ २३ गते काठमाडौंमा आयोजना हुने संस्थापन नेकपाको जनसभा तयारीका लागि युवासंघले मोटरसाइकल ¥¥याली निकालेको हो ।

बालकुमारी पुलबाट सुरू भएको ¥याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली,त्रिपुरेश्वर, आरएनसी,जमल, दरबारमार्ग नारायणहिटी, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेर सकिनेछ ।

¥यालीको नेत‍ृत्व नेकपा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले गर्नुभएको छ । ¥यालीमा सहभागी युवाहरुले केपी ओली जिन्दावाद,आज होइन भोलिलाई हाम्रो समर्थन ओलीलाई भन्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा नारा लगाएका छन् ।

नेकपा वाग्मती प्रदेशको आयोजनामा माघ २३ गते काठमाडौंमा विशाल जनसभा आयोजना हुँदैछ । नारायणहिटी नजिकैको सडकमा हुने सो जनसभालाई प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले लगायत शीर्ष नेताले सम्बोधन गर्नुहुने नेकपा वाग्मती प्रदेशले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here