सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित

0
22

संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् ।

बुधबार बिहान राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना उपस्थित भएपनि उपराष्ट्रपति पुन र सभामुख सापकोटा अनुपस्थित भएका हुन् । ‘यो असंवैधानिक कदम हो भन्ने कुरा आइरहेको छ । त्यसैले उहाँहरु नजानु भएको हो । असंवैधानिक कदममा साक्षी बस्न जाने कुरा पनि जायज होइन,’ उपराष्ट्रपति पुन र सभामुख सापकोटा निकट श्रोतले बतायो ।

यसलाई कतिपयले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर संवैधानिक रुपमा देखिन थालेको भनेर टिप्पणी गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here