नेपाली सेनाले सोमबार बख्तरबन्द गाडीसहित चक्रपथ परिक्रमा गर्ने

काठमाडौ । नेपाली सेनाले सोमबार बख्तरबन्द गाडीसहित चक्रपथ परिक्रमा गर्ने भएको छ । सेनाले आफ्नो नियमित अभ्यास तालिकाअनुसार भोली राति बख्तरबन्द गाडीसहित काठमाडौंको चक्रपथ घुम्ने जानकारी दिएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले यसअघि यस्तो अभ्यास छोटो दूरीमा हुने गरेको र यसपाली भने पूरै चक्रपथ चक्कर लगाउने गरी अभ्यास गर्न लागिएको हो ।

एकैपटक सडकमा सैनिक बख्तरबन्द गाडी देखिँदा जनता अन्यौलमा हुनसक्ने भन्दै सेनाले कार्यक्रमवारे पूर्व जानकारी दिएको हो ।

सेनाको आठ वटै पृतना मातहतका इकाइमा पनि २१ माघमा यस्तो बख्तरबन्द अभ्यास हुने सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *