सावित्रा भण्डारीको ह्रयाट्रिक, एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई हरायो

0
28

स्ट्राइकर सावित्रा भण्डारीले ह्रयाट्रिक गरेपछि विभागीय डर्बीको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ।

राष्ट्रिय लिग अन्तगर्गत लगातार चौथो जित निकाल्ने क्रममा एपिएफले पुलिसलाई ३–० गोल अन्तरले हराएको हो। एपिएफको जितमा ‘गोल मेसिन’को उपमा पाएकी सावित्राले गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलमा सावित्राले ३२ औं मिनेटमा आफ्नो टिमलाई अग्रता दिलाइन्।

अनिता केसीको पासमा पुलिसकी डिफेन्डर मनि गुरुङलाई बिट गराउँदै वान भर्सेस वानको अवस्थामा जाली चुमाइन्। पहिलो हाफमा १–० को अग्रता बनाएको एपिएफका लागि दोश्रो हाफमा सावित्राले २ गोल गरिन्।

५६ औं मिनेटमा सावित्राले सरु लिम्बुको पासमा गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन्। सावित्राले मैदानको मध्यभागबाट पुलिसका ३ जना डिफेन्डरलाई छलाउँदै सरुलाई पास दिएकी थिइन्। पुन सरुको पासमा पुलिसका ४ जना डिफेन्डरको बिचबाट गरेको प्रहारलाई गोलरक्षक सपना राईले रोक्ने कुनै मौका नै पाइनन्।

८४औं मिनेटमा सावित्राले ह्रयाट्रिक पूरा गरिन्। अनिता केसीको पासमा पेनाल्टी बक्स नजिकैबाट बार च्याप्दै गोल गरिन्। प्रतियोगितामा सावित्राको यो तेश्रो ह्रयाट्रिक हो।

उनले यसअघि रौतहटको चन्द्रपुर र मोरङको विराटनगरविरुद्ध ह्रयाट्रिक पूरा गरेकी थिइन्। प्रतियोगितामा १० गोल गर्दै उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। खेलको प्लेयर अफ दि म्याचसमेत सावित्रा घोषित भइन्।

जितसँगै अपराजित रहेको एपिएफको ४ खेलबाट १२ अंक पुगेको छ। एपिएफले दोस्रो स्थानको पुलिस र तेस्रो स्थानको वालिङ नगरपालिकालाई ७ अंकले पछि पारेको छ। पुलिस र वालिङको समान ५ अंक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here