प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता:नेपाल एपीएफ क्लब फाइनल प्रवेश

0
82

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै नेपाल एपीएफ क्लब फाइनल प्रवेश गरेको छ। गत संस्करणको प्रधानमन्त्री कपमा एपीएफलाई पुलिसले पराजित गरेको थियो। शनिवार हुने फाइनलमा एपीएफले बिहिबार खेलिने त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश बीचको दोश्रो सेमीफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न खेलमा एपीएफले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल पुलिस क्लबले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।

पुलिसको ब्याटिंगमा पवन सर्राफले सर्वाधिक ४० रन, राशिद खानले ३४ रन तथा दिपेन्द्र सिंह ऐरीले ३३ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा पुलिसले पहिलो ३ विकेट १५ रनको योगफलमा गुमाएको थियो। ओपनर सुनिल धमला ३ र कुशल भुर्तेल खाता नखोली आउट भए भने अमित श्रेष्ठले ८ रन बनाउन सके।

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र अनिल साहले ४६ रनको साझेदारी गरे। २० औं ओभरमा अनिललाई कमल ऐरीले बोल्ड गर्दै साझेदारी तोडे। २६ औं ओभरमा दिपेन्द्रलाई शरद भेसावकरले विकेटकिपर सुबास खकुरेलबाट क्याच आउट गराए। ३२ औं ओभरमा कप्तान मन्जित श्रेष्ठलाई भेसावकरले क्याच आउट गराए। एक किनार सम्हालीरहेका पवन सर्राफलाई अविनाश बोहराले ४१ औं ओभरमा क्याच आउट गर्दै एपीएफलाई खेलमा हावी गराए। अन्तिममा रशिद खान र आरिफ शेखले केहि आक्रामक सट खेले पनि जित्न पर्याप्त भएन। पहिलो इनिंग्समा घाइते भएका आरिफ शेख दोश्रो इनिंगमा १० औं नम्बरमा ब्याटिंग गर्न आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here