कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णयको बिरोधमा कृषकहरु

0
1

सरकारले कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णयको बिरोधमा कृषकहरुले राजधानीमा बिरोध प्रदर्शन गरेका छन् ।

किसानसंग संवन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सरकारको वास्तविक किसान मारा यो निर्णय तत्काल खारेज गर्न माग गर्दै बुधबार बानेश्वरमा बिरोध प्रदर्शन गरेका हुन् ।

सरकारले गत पुस ५ गते कृषिमा अधुनिकीकरण र अत्मनिर्भरको लागि भन्दै ५० करोड भन्दा माथिमा कृषिमा हुने वैदेशिक लगानी भित्र्याउने निर्णय गरेको थियो ।

कृषिमा ठुलो भोलमका वैदेशिक लगानी भित्र्याउदा साना तथा मझौला कृषि उद्यमीहरु संकटमा पर्ने भएकाले यो निर्णय खारेज गर्न किसानहरुले माग गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here