नेकपा प्रचण्ड-माधव समूहको माइतीघर मण्डलामा धर्ना

१४ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले माइतीघर मण्डलामा धर्ना दिएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा उनीहरुले बुधबार माइतीघर मण्डलामा भेला भएर धर्ना दिएका हुन् ।

धर्नमा बसेका प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक एवं प्रतिगामी कदम चालेको भन्दै विरोध जनाएका थिए ।

धर्नामा प्रतिनिधिसभाका सांसद, प्रदेश सांसद लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रचण्ड-माधव समूहले संसद विघटनविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार आज माइतीघर मण्डलामा धर्ना दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *