दक्षिणकालीमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

0
31

काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका–९ हुमानेमा गएराति ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गएराति साढे ८ बजे थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा३ख ६१९९ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङका अनुसार मृत्यु हुनेमा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–४ बज्रबाराहीका ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछाम घर भई काठमाडौंको दक्षिणकाली बस्ने २८ वर्षीय गोमबहादुर बुढा रहेका छन् ।

ट्राफिक पोस्ट फर्पिङका प्रमुख प्रहरी नायव निरीक्षक ताराबहादुर चन्दका अनुसार ओरालोमा ब्रेक फेल भएर अनियन्त्रितभई ट्रक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here