नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको कार्यक्रम सार्वजनिक

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको हो । पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल भएको थियो ।

यसअघि काँग्रेसले पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *