सेयर बजार १७ अंकले घट्यो,होटल र फाइनान्सले कमाए

0
44

३ माघ, काठमाडौं । मंगलबार सेयर बजार १७ अंकले ओरालो लागेको छ । १७.७९ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय २३ दशमलव ०९ अंकमा झरेको छ । नेप्से परिसूचकमात्रै होइन ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.५८ अंकले ओरालो लागेको छ ।

कारोबार रकम पनि ८ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका ६३ हजार ५ सय ९६ कारोबारबाट १ करोड ९५ लाख ६२ हजार २३९ कित्ता सेयर किनेबच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब २५ करोड ३३ लाख ४१ हजार रुपैयाँ नाघेको छ ।

होटल र फाइनान्सले कमाए, कुनले गुमाए ?

नेप्सेमा कारोबार हुने होटल र फाइनान्स समूहका लगानीकर्ताहरुले भने बुधबार कमाएका छन् । होटल समूहको परिसूचक ५४ दशमलव ०५ अंकले बढेर २ हजार ७२ दशमलव ८८ अंकमा पुगेको छ । उता फाइनान्स कम्पनीको १३ दशमलव ०७ अंकले उकालो लागेर १ हजार १ सय ७७.०१ अंकमा पुगेको छ ।

बाँकी सबै सबइनडेक्सहरु भनेर घटेर राताम्मे देखिएका छन् । बैंकिङ इन्डेक्स ६.८१ अंकले ओरालो लागेको छ भने व्यापार ९२ दशमलव ४२ अंकले घटेको छ । विकास बैंक २९ दशमलव ४८ अंकले ओरालो लागेको छ भने हाइड्रोपावर २७.५ अंकले ओरालो लागेको छ ।

यसैगरी निर्जिवन बिमा ९८.५७, उत्पादन मूलक ४१.८७, लघुवित्त ५९.७२, जीबन बिमा ४१.०९ र म्युचुअल फण्ड ०.०३ अंकले ओरालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here