निफ्राको आईपीओ यही साता बाँडफाँट हुने

0
30

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ यही साता बाँडफाँट हुन लागेको छ । निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको जानकारी दिएको छ ।

एनआइबीएल एस क्यापिटलले आगामी शुक्रबार नै बाँडफाँड गर्ने गरी काम भइरहेको बताएको छ । सकेसम्म शुक्रबार नै बाँडफाँड गर्ने र त्यसदिन नभ्याए शनिबार बाँडफाँड गर्ने क्यापिटलको तयारी रहेको जानकारी दिएको छ ।

नेपाली सेयर बाजरको इतिहासमै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ ढिलोमा आगामी शनिबारसम्ममा बाँडफाँड हुने भएको छ । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर निष्कासन गरेको थियो ।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here