लागुऔषध गाँजासहित ३ जना पक्राउ

0
1

काठमाडौं – सिरहाको मिर्चैया नगरपालिका –९ बाट लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले करिब २५ किलो गाँजासहित मिर्चैया –८ निवासी १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका –८ निवासी ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादवलाई पक्राउ गरेको छ ।

मिर्चैया –९ स्थित रणबहादुर श्रेष्ठको घरमा गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुकाइछिपाई राखिएको गाँजासहित तीनैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताएका छन् ।

सोहि क्रममा प्रहरीले स ६ प ३८६५ नम्बरको डिस्कोभर मोटरसाइकल समेत नियन्त्रणमा लिएको जानकारी दिएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र फरार रहेका रणबहादुर श्रेष्ठको खोजिकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here