मोटरसाईकलमा लिफ्ट दिई जंगलमा लगेर बलत्कार गर्ने पक्राउ

0
58

प्रहरीले अपहरण तथा शरीर बन्धक बनाइ सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।


प्रहरीले सिन्धुपाल्चोक जुगल गाउँपालिका- गुन्टे गाउँका २४ वर्षीय कैलाश भन्ने रोहन नेपालीलाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई कलंकीबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक बुझाइएको छ।


महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार घटना असोज १५ गतेको हो।

कैलाशले राति करिब ७ बजे जलविरे पुगेर घर फर्किन लागेकी ३२ वर्षीया महिलालाई मोटरसाइकलमा लिफ्ट दिएका थिए। त्यसदिन ती महिलाले पनि मापसे गरेकी थिइन्।

कैलाशले ती महिलालाई घर नलगी जुगल-४ मान्जेस्थित एक जंगलमा लगेका थिए।

त्यहाँ उनले आफ्ना अरू तीन जना साथीहरूलाई पनि बोलाएका थिए। सो ठाउँमा ती महिलालाई चार जनाले बलात्कार गरेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामचन्द्र घिमिरेले बताए।
’उनीहरूले जंगलमा लगेर बन्धक बनाई बलात्कार गरेपछि फेरि नजिकै पार्किङमा राखिएको बोलेरो गाडीमा लगेर पनि पटक-पटक सामूहिक बलात्कार गरे,’ आरोपीको भनाइ उदृत गर्दै उनले भने,’त्यसपछि गाडीमै छाडेर उनीहरू फरार भए।’

उनीहरूले ती महिलाले लगाएको गरगहना तथा १० हजार नगद लुटपाट गरेको उनले बताए।

भोलिपल्ट बिहानै ती महिला गाडीमा नग्न अवस्थामा थिइन्। उनी बिउँझिँदा आफू नग्न अवस्थामा पाएपछि आफू बलात्कृत भएको थाहा पाएकी थिइन्।

त्यसपछि उनले आफ्ना दाइमार्फत् प्रहरीलाई खबर गरेको इन्स्पेक्टर घिमिरेले बताए। प्रहरीले यस घटनामा दुई जनालाई पहिले नै पक्राउ गरिसकेको छ।

गाडी चालक सिन्धुपाल्चोक जुगल-५ ढाडे बस्ने २३ वर्षीय सुन्दर भन्ने रन्जित श्रेष्ठ र २८ वर्षीय विकास सिलवाललाई पक्राउ गरेको हो।

श्रेष्ठलाई प्रहरीले असोज २० गते र सिलवाललाई १९ गते पक्राउ गरेको थियो।

उनीहरू अहिले पुर्पक्षका लागि थुनामा रहेको इन्स्पेक्टर घिमिरेले बताए।

प्रहरीले कैलाशमाथि थप अनुसन्धान अघि बढाएको छ। यस घटनामा संलग्न थप एक जनाको भने खोजी भइरहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here